मङ्लबार, बैशाख ४, २०८१

प्रतिपक्षी दल काँग्रेसको विरोधका वावजुद पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, बहुमतबाट पारित

काठमाडौ माघ ११, निर्धारित समयभन्दा करीब एक घण्टा ढिलो अर्थात् अपराह्न २ बजे मात्र शुरु भएको प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका वावजुद पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकार र प्रा डा केसीबीच गत साउनमा भएको सहमतिको पूर्णरुपमा पालना हुनुपर्ने माग गर्दै सहमतिविपरीत विधेयक अघि बढाइएमा विरोध गर्ने चेतावनी दिँदै विरोध गर्दै गर्दाको अवस्थामा प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीकाबीचनै तालुकदार मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भनी विधेयक टेवुल गर्दै सो सम्बन्धमा उहाँले प्रस्तुत विधेयकमा प्रा डा केसीले उठाउनुभएका ९५ प्रतिशत माग सम्बोधन गरिएको जिकिर प्रस्तुत गर्नुको अलावा चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आउनुभएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक आएको जिकिर गर्नु भएको  थियो ।   तर  डा केसीले भने  सरकारले आफुसंग गरेको    सहमति विपरित   विधेयक  ल्याउँदै  यसअघि भएको  सहमतिको  कार्यान्वयन नगरेको  भन्दै  सोका लाग   दवाव दिन प्रा डा केसी अहिले १६औँ पटकको अनशनमा रहनु भएको छ ।

यसैवीच सभामुखले आजको बैठक बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रतिपक्षी दलका सांसद आआफ्ना स्थानबाट उठेर विरोध जनाएपछि सभामुख महराले काङ्ग्रेसका सचेतक पुष्पा भुसाललाई बोल्न समय दिनुभएको थियो । सांसद भुसालले आफ्नो अभिव्यक्ति राख्दै सरकारले वर्तमान सरकार नेपाली काङ्ग्रेस र नेताको अवमूल्यन गर्ने प्रयासमा लागेका भएकामा आपत्ति प्रकट गर्दै काँग्रेसका नेताहरुको योगदानको अवमूल्यन गरेर नेपालको संवैधानिक इतिहास पूरा नहुने बताउँनु भएको थियो । त्यसपछि रोष्टमतर्फ बढेको प्रतिपक्षी दलका  सासंदलाइ आआफ्नो स्थानमा बस्न आग्रह गदै सभामुखले सदनको कारवाही नियमित गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेस गर्न अनुमति दिएका थिए । त्यसपछि सभामुख महराले प्रस्तुत विधेयक पारित गर्ने प्रक्रिया सुरु गरि विधेयक पारित भएको घोषणा गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक माघ १७ गते अपराह्न १ बजे बस्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु