बिहिबार, बैशाख १३, २०८१

सरकारले ससदीय सर्वोच्चताको वर्खिलाप क्रोनि क्यापिट्यालिजम लाई प्रश्रय दिएको आरोप

संसदीय सर्वोच्चताको दुरूपयोग गर्दै सरकारले देखाएको रवैया विरुद्ध र डा. केसीसँगको संझौताको पक्षमा विवेकशील साझा पार्टीले आइतबार माइतिघर मण्डलामा प्रदर्शन गर्ने

काठमाडौ माघ ११ , विवेकशील साझा पार्टीले डा। गोविन्द केसीसँग सरकारले गरेको संझौता विपरितका प्रावधान समाविष्ट गर्दै चिकित्सा शिक्षा विधेयक जबरजस्ती एवम् एकलौटी रुपमा आज संसदबाट जबरजस्ती पारित गरिएको भन्दै घोर भत्सर्ना गरेको छ ।
पार्टीका प्रवक्ता डा। सूर्यराज आचार्यद्दारा आज जारी विज्ञप्तिमा प्रमुख प्रतिपक्षीको अवरोधबीच छलफलबिना चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट विधेयक पारितगरेसंगै सरकारी रवैयाको विरोध गर्दै विधेयक पारि गर्न सरकारले अख्तियार गरेको नितीका भत्सर्ना गरेको हो ।

त्यस्तै विज्ञप्तिमा संसदीय सर्वोच्चताको आज जसरी गलत प्रयोग गर्दै सिमीत नेता र व्यापारीको लगानी र मुनाफा सुरक्षित गर्न र याराना पुँजिवाद (क्रोनि क्यापिट्यालिजम) लाई प्रश्रय दिएर सिमीत नेता, पार्टी र व्यापारीको हित हुने र आम जनताको अहित हुने कार्य भएको उल्लेख गरिएको छ ।

त्यस्तै  कल्याणकारी लोकतन्त्रमा विश्वास गर्दै शिक्षा र स्वास्थ्यलाई मूलरूपमा राज्यको दायीत्व ठान्दछ। सोही विश्वासका कारण शुरूदेखि नै हाम्रो पार्टीले डा गोविन्द केसीले उठाएका मागहरूको मर्ममा समर्थन जनाउँदै आएको छ। सरकारले जबरजस्ती संसदीय मर्यादालाई मिचेर संसदीय सर्वोच्चताको दुरूपयोग गरेको विरोधमा र डा.गोविन्द केसीसँगको संझौताको पक्षमा विवेकशील साझा पार्टीले आइतबार, माघ १३ गते, माइतिघर मण्डलामा प्रदर्शन गर्ने जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174