काठमाडौ माघ ८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा लेखापाल ढकालले परिषदान रहँदा तलबी भरपाई फरक पारी बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।
त्यसक्रममा ढकालले कूल रु २४ लाख ४६ हजार २१२ बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियत राखेको पाइएको र हाल खनियावास गाउँपालिकाको कार्यालय, धादिङ दार्खामा कार्यरत ढकालले उक्त रकम निजी प्रयोगमा लगाएको देखिएको आयोगले जनाएको छ ।
यसैवीच आयोगको बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका खरिदार सञ्जयकुमार ठाकुरलाई सेवाग्राहीवाट रु ५० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको छ । पक्राउ गरिएका आरोपी कर्मचारी ठाकुरमाथि थप अनुसन्धान प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
[TABS_R id=73174