मङ्लबार, बैशाख ११, २०८१

ससंद बैठक आजपनि अवरुद्ध भएपछि माघ ११ गतेसम्मका लागि बैठक स्थगन भएको सूचना टाँस

काठमाडौं माघ ८ ,प्रतिनिधिसभाको आज अपरान्ह बसेको मंगलबारको बैठक पनि अवरुद्ध भइ स्थगन भएको छ ।

आज बैठकको सुरुमानै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रकाशमान सिंहलाइ वोल्नका लागि समय दिदै गर्दा नेतासिंहले सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वास–प्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत् सन्चालन हुने निर्णय भएको जानकारी संसदमा नआएसम्म बैठक चल्न नसक्ने जनाउ दिनुको अलावाडा.गोविन्द केसीसँग सरकारकाले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिनुभएको थियो ।

त्यसलगत्तै सभामुख महराले अव बैठकको कामकारवाही अगाडि बढ्छ भन्ने वित्रिकै कांग्रेस सांसदले रोष्ट्रम घेराउ गर्न थालेपछि उहाँले १५ मिनेटका लागि बैठक स्थगन भएको जनाउ दिनु भएको थियो । यद्यपी १५ मिनेट पछि बैठक सुरु हुने आस गरिएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा नियमावली २०७५ नियम ६को उपनियम ३ अनुरुप अर्को बैठक आगामी माघ ११ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरि स्थगित् गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174