शुक्रबार, बैशाख १४, २०८१

३ वर्षसम्म पनि सनाखत हुन सकेन ३१ शव

काठमाडौं, वैशाख १२,  त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको शव सुरक्षित तवरले गाडेर राखेको छ ।    २०७२ वैशाख १२ को महाभूकम्पमा परी ८ हजारभन्दा बढीको ज्यान गएको थियो । भूकम्पको तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये ३१ शव पोस्टमार्टम भए पनि अझै सनाखत भएको छैन । सनाखत हुन बाँकी शव त्रिवि फरेन्सिक मेडिसिन विभागले जुनसूकै बेला निकाल्न सक्ने गरी सुरक्षित रुपमा गाडेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट