शुक्रबार, बैशाख ७, २०८१

मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु: मोडल श्रेष्ठ

काठमाडौ बैशाख १२,  कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भबिष्य सम्झेर एक कुशल, चर्चित नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन बिपना श्रेष्ठ । बढ्दो ग्ल्यामर्स मोह र मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल बिपना श्रेष्ठ लागेकी छिन ।

प्युठान जन्मथलो भएर बिगत २ बर्ष देखि काठमाडौलाइ कर्मथलो बनाउदै आफ्नो रोजगारीसंगै मोडलिङमा निरन्तरता दिदै आएकी बिपना अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । नृत्य र अभिनयमा अब्बल बिपना सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण हो ।

करिब १ दर्जन म्युजिक भिडियोमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी विपनाले र्याम शो तथा सौन्दर्य प्रतियोगितामा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छिन, उनी आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन र  भर्खर मात्र २३ औ बसन्तमा प्रवेश गरेकी बिपना श्रेष्ठ हेर्दा आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि मोडल यदि अन्य कुनै पनि ठाउ बाट म्युजिक भिडियो, टेलिचलचित्र तथा फिल्ममा अफर आएमा आफ्नो क्षमता कला, कौसल प्रदर्शन गरेर अभिनय गर्ने सोचमा छिन । सानै उमेर देखि कलाकारिता, मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, मोडल बिपना अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन  । 

ल्याब टेक्निसियनको रुपमा एक प्राइभेट मेडिकलमा कार्यरत समेत रहेकी मोडल बिपना भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031