बिहिबार, बैशाख १३, २०८१

आज बैशाख १२ अर्थात निमेषभरमै राजधानी काठमाडौं सहित देशभरी हजारौं जनाले ज्यान गुमाएको त्यो दिन

 सरकारको उदासिनताका कारण बैशाख १२ को भूकम्पको पिडा अझै आलो

काठमाडौ बैशाख १२, आज बैशाख १२ अर्थात निमेषभरमै भूकम्पका कारण तीन वर्ष अघि तहसनहस भएको अवस्था ।
त्यसवेला गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पको समयवधी तीन बर्ष पुगेको छ । भूकम्पका कारण १० लाख निजी घरमा क्षति पुग्नुको अलावा सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो भने असख्य नेपाली र पर्यटकको समेत मृत्यु भएको थियो ।

यसवीचमा तत्कालीन व्यवस्थापिका संसदको आजको बैठकमा गत बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाएकाहरुका परिवारलाई राहत दिलाउन तथा ध्वस्त भएका संरचनाको तत्काल पुनःर्निमाण गर्नेसम्बन्धी २७ बुँदे संकल्प प्रस्ताव पेश गरिए तर, तीन वर्षमा झन्डै एक लाख निजी घर बने पनि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा तथा सरकारी भवनको पुनर्निर्माण अत्यन्तै लाजमर्दो अवस्थामा रहेको छ । त्यस्तै भूकम्पपीडितका लागि सरकारले दिने घोषणा गरेको सहुलियत ऋण अझै पनि टुंगो लाग्न सकेको छैन ।

 त्यस दिनको स्मरण मात्र गर्दा आफैमा कहाली लाग्दो अवस्था थियो । जुन आज यहाँ प्रस्तुत गर्न मनासिव रहेका छन । त्यसवेला भू–कम्प पछि स–साना वालवालिका आफ्ना आमा वावु खोजिरहेका र वृद्धवृद्धा आफ्नो सहारा सन्तान खोजिरहेका कहालि लाग्दा दृश्हरु देखिन्थे । ग्रमिण भेगका गाँउ वस्तिहरु ओत लाग्नलाई त्रिपाल र प्यास मेटाउने एक तुर्को पानीको अभावमा छटपटिएर वसिरहेका दृश्यहरुले आँखा रसाउँदथे । गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर ,धादिङ्ग, रसुवा लगायतका जिल्लाका ति कारुणिक दृश्यले एउटा मानव मन छिाया छिया पारेको छ । राजधानीको सुन्धाराको नौ तल्ले धरहरा वरपरदेखि वालाजु क्षेत्रका वस्तिहरु वचाउ–वचाउको आवाजले गुन्जिरहेका सुनिन्थे । कति च्यापिय कति थिच्चिए कतिले अइय्या पनि भन्न पाएनन् । कति को त २ दिन, ३ दिन पछि जिवितै उद्धार पनि भयो तर जे देखियो त्यो सबै कहालि लाग्दो थियो । शब्दले वयान गर्न नसकिने थियो । केही विदेशी सञ्चार माध्यमका साथिहरुको व्यवस्थापन र भारतिीय वायु सेनाको सहयोगमा गोरखा र सिन्धुपाल्चोक पुग्दा मन भक्कानियर आँउदथ्यो ।
एउटा हेलिकप्टरमा सबै गाँउलेलाई उठाएर कतै अर्को धर्तिमा लैजाउँ झै लाग्दथ्यो । राजधानीका मैतिदेवि, ठमेल, असन, झोछे जस्ता साना गल्लि भएका वस्ती दोश्रो दिन आइतवार मसानघाट झैं सुनसान भएका थिए । जर्मनका पत्रकार साथिहरुले ड्रोन क्यामेराको मद्दतले कोही जिवितै छन की भनेर आँफु टाढा रहेर ड्रोन क्यामेराहरुलाई गल्लिभित्र पठाएर रिर्मोटबाट दृश्य कैद गरिरहेका थिए । सबै भन्दा बढी त पशुपति आर्यघाटमा सामूहिक रुपमा भइरहेका दाहसंस्कारका दृश्यले मुटु टुक्रा–टुक्रा पारेको थियो । आकाशमा मडरिएको कालो वादल मन भित्र पनि मडारिइरहेको हुन्थ्यो । कतै हेलिकोप्टर ल्याण्ड हुन सक्दैनथ्यो त कतै ल्याण्ड भए पनि फेरी उड्न समस्या हुनथ्यो । लगातारको वर्षा सहित प्रतिकुल मौषम अनि राहतका सामाग्रीको अभावले पीडामाथि वज्र प्रहार गर्दथ्यो । यत्र तत्र सर्वत्र अभाव पिडामा थियो।

यद्यपी ३ वर्षको समयपछि पुनर्निर्माण प्राधिकरणका अनुसार यो तीन वर्षको अवधिमा १ लाख १९ हजार २ सय २९ निजी घरको पुनर्निर्माण भएपनि त्यस्तै पुनर्निर्माण प्राधिकरणले राहत अनुदान कार्यविधिलाई संशोधन गरेर गत सामूहिक तथा धितो जमानीमा ऋण लिन पाउने व्यवस्था गरिए पनि लाभग्राहीले अझैसम्म यो सुविधा पाउन नसक्नु आफैमा दुस्खद पक्ष सावित भएका छन भने सरकारको उदासिनताका कारण बैशाख १२ को भूकम्पको पिडा अझै आलो नै रहेका छन ।