आइतवार, बैशाख १६, २०८१

सामाजिक सञ्जालको दुरुपयोग गर्दै सर्वसाधारणको पैसा ठगी गर्ने दुई महिलासहित नौ पक्राउ

काठमाडौं चैत ५,  जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक पत्रकार सम्मेलनको  आयोजना गर्दै सामाजिक सञ्जालको दुरुपयोग गर्दै सर्वसाधारण नागरिकको पैसा ठगी गर्दै आएका दुई महिलासहित नौ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका ति अभियुक्तहरुले भाइबर, र म्यासेन्जरको प्रयोग गर्दै नागरिकहरुलाइ चिट्ठा परेको भन्दै पैसा ठगी गर्ने गरेको बताईएको छ ।

 प्रहरीका अनुसार अभियुक्तहरुले रु २५ लाख चिट्ठा प-यो तपार्इंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका ८८ जनासँग रु एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै तीनवटा समूहलाई रु दुई लाख एक हजार नगदसहित पक्राउ गरिएको पत्रकार सम्मेलनमा दिईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै पक्राउ पर्नेहरुमा नि पाल्पाका यामबहादुर मगर, नेत्रवती गाउँपालिकाका ठाकुर गुरुङ, गणेश गुरुङ, मनोज तामाङ, खनियाबास गाउँपालिकाका टेकबहादुर तामाङ, जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका संगीता मिश्र, महोत्तरीकै कामनी तिवारी र योगेन्द्र तिवारी रहेको जनाउँदै  निजहरुविरुद्ध ठगी मुद्दामा कारवाही सुर गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

  1. [TABS_R id=73174