शनिबार, बैशाख १५, २०८१

काष्ठमण्डप पूर्ननिर्माणको लागि महानगर प्रमुखलाइ ज्ञापन

काठमाडौं चैत १५ , स्थानीय काष्ठमण्डप पुर्ननिर्माणको लागि स्थानीय नागरिक दवाव अभियानको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यलाइ नागरिक दवावको लागि संयोजक भगवती जोशी सहितको प्रतिनिधीमण्डलले आज ६ बुँदे ध्यानाकर्षण सहितको ज्ञापन बुझाईएको छ ।

६ बुँदे ध्यानाकर्षण सहितको ज्ञापनमा ०७२ बैशाख १२ को महाविनासकारी भूकम्पका कारण भग्नावशेषमा परिणत भएको महानगरको एतिहासिक तथा गौरवको आधारस्तभ्मका रुपमा रहेको काष्ठमण्डप लगायतका महत्वपूर्ण सम्पदाको पूर्ननिर्माणको सवालमा महानगरको तर्फबाट भइरहेको ढिलासुस्तीसंगै अशोकविनायक मन्दिर परिसर र आसपासका क्षेत्रमा दिनानुदिन बढ्दो अव्यवस्थित पार्किङ्ग र अनियन्त्रित तरकारी बजारको व्यवस्थापन एवम् असन क्षेत्रमाजस्तै चारपाङ्गे सवारी निषेधको लागि तत्काल सम्बोधन गर्न माग गरिएको छ ।

त्यस्तै ज्ञापन पत्र बुझ्दै महानगर प्रमुख शाक्यले ध्यानाकर्षण पत्रमा उठान गरिएको माग सम्बोधनका लागि आफु एकदम सकारात्मक रहेका जनाउ दिदै काष्ठमण्डप पूर्ननिर्माणको सवालमा भने स्थानीय वडा न १९ ,२०, २३ र २५का वडाध्यक्ष सम्मिलित समितिलाइ अधिकार प्रत्यायोजन गरि कार्यारम्भ गर्न निर्देशन दिइसकेको बताउँदै समितिले सरोकारवाला निकाय , स्थानीय संघसस्थाका प्रतिनिधी र स्थानीय क्षेत्रबाट निर्वाचित प्रदेश तथा सघीय ससदका सासंदहरुसंगको सल्लाह मुताविक आवश्यकता अनुरुपको समिति गठन गर्दै निर्माणकार्य सिघ्रातिसिघ्र आरम्भ गर्ने तयारी रहेका बताउनु भएको छ । त्यस्तै उहाँले थप मागको सम्बन्धमा भने महानगरको तर्फबाट सहयोगमा स्थानीय वडा समितिलाइ स्थानीयको सहकार्यमा काम गर्न तत्काल निर्देशन दिइने बताउनु भएको छ ।

यस्तो छ ६ बुँदे ध्यानाकर्षण सहितको ज्ञापन :