बिहिबार, बैशाख २७, २०८१

बाम गठबन्धनका उम्मेदवार यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर

 काठमाडौ मंसिर २०, वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । बाम गठबन्धनको  सर्लाही निर्वाचन क्षेत्र नं. ४  बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका यादवले कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उहाँको उम्मेदवारी खारेजीको माग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए । आयोगले आफ्नो उजुरी सुनुवाई नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

त्यस उपरान्त  उम्मेदवारी खारेजी विरुद्ध अन्तरिम आदेश माग गर्दै या सर्वोच्च अदालतमा दायर  रिट निवेदन  उपर छलफल पछि न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।  स्मरण रहोस  : अब  सर्लाही ४ मा वाम गठबन्धन उम्मेदवारविहीन अवस्थामा  रहेको छ भने  राजपा–फोरम गठबन्धनका उम्मेदवार राकेश मिश्र रहेका छन् भने कांग्रेसबाट पूर्वसांसद डा.अमरेशकुमार सिंहवस्च  भिडन्त हुने भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।