शनिबार, बैशाख ८, २०८१

निर्वाचन विथोल्ने उच्छृंखल तत्वलाई गोली हान्ने सम्मको अधिकार दिएको छ : रक्षामन्त्री प्रधान

 काठमाडौं मंसिर २०, दोस्रो चरण अन्र्तगत विहिवार ४५ जिल्लामा  हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबले आज आयोजना गरेको अँतर संवाद कार्यक्रलाइ सम्बोधन गर्दै रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिईएको बताउँनु भएको छ ।

त्यस्तै निर्वाचनको क्रममा सरकारले मतदाताहरुको लागि आवश्यक  सम्पूर्ण सुरक्षाको व्यवस्था गरेको जनाउ दिदै ढुक्क भएर मतदान गर्न आग्रह गर्नु भएको छ ।    साथै मन्त्री प्रधानले निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न नेपाली सेना हाई अलर्टमा रहेको कहीँकतै घट्ना भए त्यसलाई हल गर्नको लागि सरकारले आवश्यक निर्देशन सहित गोली चलाउने सम्मको आदेश प्रत्यायोजन गरेको जानकारी सहित प्रस्तुत निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने र तीनघेरे सुरक्षा प्राणाली अनुरुप पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा शशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जानकारी दिनु भएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।