शुक्रबार, बैशाख १४, २०८१

आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौ मंसिर २० , विहिवार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएको छ ।

 राष्ट्रपति भण्डारीले आज  आममतदाताको नाममा आव्हान पत्र जारी जारी गर्दै नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् मुलुकका ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते हुन लागेको निर्वाचनले नेपालको संविधानले नेपाली जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै आगामी माघ ७ गतेभित्र संघीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको स्मरण गराउनुभएको छ ।

त्यस्तै सन्देशमा राष्ट्रपतिले गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको तथा उक्त निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछ भन्ने मलाई विश्वास अभिव्यक्त गर्दै निर्वाचनमा उत्साह, उमंग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन अनुरोध गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।