शनिबार, बैशाख १५, २०८१

क्षेत्र न १ को विकासका लागि आफू सदैव क्रियाशील रहने नेता सिंहको प्रतिबद्धता

पार्टीभित्र मौलाउँदै गएको गुटगत राजनितीका कारण पार्टीले पराजय भोग्नु  परेको तितो स्मरण अभिव्यक्त

काठमाडौ मंसिर २९ , काठमाडौं निर्वाचन क्षेत्रन १ बाट तेस्रो पटक निर्वाचित काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आज क्षेत्र न १ द्दारा आयोजित बधाइ धन्यवाद ज्ञापन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै  यसक्षेत्रको विकासका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

साथै उहाँले सम्पन्न निर्वाचनको क्रममा प्रजातन्त्रका पर्याय बनेको नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको भन्दै नेता सिंहले पार्टीभित्र मौलाउँदै गएको गुटगत राजनितीका कारण पार्टीले पराजय भोग्नु  परेको तितो स्मरण अभिव्यक्त गर्दै पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्ति गुतगत प्रवृतिको को अन्त्य गर्न आवश्यक रहेको जनाउ दिदै उहाँले विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ, नेपालमा पनि त्यो संस्कारको विकास गरिनु जरुरी रहेको बताउँनु भएको
छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।