बिहिबार, बैशाख २७, २०८१

आठ हजार घूस रकमसहित इन्जिनियर यादव पक्राउ, महानगरीय प्रहरी प्रभाग गोंगबुका प्रहरी निरीक्षक सुनुवार विरुद्ध मुद्धा दायर

काठमाडौं पुस ३ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज साँझ सिरहाको लहानबाट घूस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ ।  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का रामजानकी कन्स्ट्रक्सन दर्ताका लागि सिफारिश पाउन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय, सिरहामा निवेदन दिँदा सिफारिश बापत इन्जिनियर यादवले घूस माग गरेका थिए ।   कार्यालयमा घूस लिन नमिल्ने भन्दै रामजानकी कन्स्ट्रक्सनका प्रोप्राइटरले लहानको महावीर मिष्ठान्न भण्डारमा घूसबापत रु ८ हजार दिने क्रममा अख्तियारको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख गरिएको  छ ।  पक्राउ परेका यादवलाई विशेष अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय इटहरी चलान गरिएको जनाएको छ ।

यसैवीच आयोगले घुस रकम सहित पक्राउ गरेका महानगरीय प्रहरी प्रभाग, गोंगबु काठमाडौंका प्रहरी निरीक्षक हरिहर सुनुवार विरुद्ध आव विशेष अदालतमा  मुद्धा दायर गरेको छ । आयोगद्दारा आज जारी विज्ञप्तिमा प्रहरी निरीक्षक सुनुवारले आफ्नो कार्यक्षेत्र अन्तर्गत गेष्टहाउस सञ्चालन गर्ने क्रममा सेवाग्राहीलाई विभिन्न डर त्रास देखाई घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको छानवीनको क्रममा आयोगको टोलीले निजलाई घुस बापत रु ५०,०००  लिइसकेको अवस्थामा नियन्त्रण लिएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्त्मिा घुस लेनदेन प्रक्रियामा घुसको रकम माग्ने उठाउने कार्यमा प्रहरी जवान वीरेन्द्रबहादुर बम मतियारको रुपमा कसूरदार रहेको पुष्टी हुन आएको देखिदा निज उपर भ्रष्टाचार निवारण ऐन अनुरुप मुद्धा दायर गरिएको जनाएको  छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।