शुक्रबार, बैशाख १४, २०८१

ललितपुर प्याट्रियट्सद्दारा काठमाडौ किङ्स इलाभेन पराजित

काठमाडौ पुस ३, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ । टस जितेर बलिङ रोजेको ललितपुरले काठमाडौ किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको ९० रनको लक्ष्यलाई ललितपुरले १६.३ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग-यो । खेलमा ललितपुरका लागि भारतीय खेलाडी जयकिसन कोल्सावालाले अविजित ४४ रनको योगदान दिए । उनले ४७ बलमा दुई छक्का र चार चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले २० र राजवीर सिंहले १४ रन  बनाएका थिए   ।

त्यसअघि ब्याटिङ गरेको काठमाडौँले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो । प्रतियोगितामा ललितपुरका ललितनारायण म्यान अफ दी म्याच घोषित भएसंगै  १० हजार पुरस्कार पाए । भोली पहिलो खेल चितवन टाइगर्स र पोखरा राइनोजका बीच त्यस्तै दोस्रो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सका बीच हुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।