शुक्रबार, चैत्र १६, २०८०

नेपालबाट कुमारी हराएपछि…….

  • देबेन्द्र केसी, नयाँ दिल्ली

भनिन्छ नेपाल देवी देवताहरुको मुलुक हो। हिन्दु धर्ममा सबै देवी देवताहरु लाई मृत देखाईए पनि देवी ूकुमारीूलाई जिवित देवी मानिन्छ र हरेक बर्ष काठमाण्डौ मा ३२लक्षणले युक्त कुमारी केटी खोजेर पुजा गरिन्छ तर तिनै कुमारी पश्चिम नेपाल को ब्यस्त शहर मानिने र प्रदेश नं ५ को प्रस्तावित राजधानी बुटवल बसपार्क बाट रहस्यमयी रुपमा लापता भएको सनसनीखेज मामला प्रकाशमा आएको छ तर फरक परिस्थि र प्रसंगमा।
प्राप्त जानकारी अनुसार गुल्मी जिल्ला, कालिगण्डकी गाँउपालिका, वार्ड नं ७ भुर्तुङ्ग,छिस का प्रेम बहादुर केसी र कौसिला केसी की २२ बर्षिया छोरी कुमारी केसी मंसिर २६ गते पत्थरी को समस्या देखिएपछि उपचार गराउन बुटवल आएकी थिईन।बुटवल स्थित बुटवल नर्सिंग होम मा पत्थरी को जाँच गराउदा पत्थरी नदेखिए पछि मंसिर २९ गते निजका दाजु कुमार केसी ले बुटवल बाट बरेड्ग जाने लु१ज २०२५ नंम्वरको जिपमा बिहान ८ बजे बसालेका थिए । बुटवल मा कार्यरत निजका दाजु कुमारले घरको लागि केही समान र पैसा पनि बहिनी कुमारी को हातमा पठाएका थिए। ल जिप पनि सिरान धारा कै रहेछ तिमलाई केहि समस्या हुँदैन, बिचवीचमा फोन गरिराख्नु है ।

कुमारले बहिनी लाई सम्झाउदै भनेका थिए । आफु नै स्वयं गएर सिटमा बसालेकी बहिनी राति ८ बजे सम्म घर नपुगेपछि दाजुको मुटुमा अनेकन आसंकाले ढ्याड्ग्रो ठोक्न सुरु गरिहाल्यो। उता घरपरिवारले पनि रातारात कुमारीको खोजविन सुरु गर्यो । रातभरि छोरीलाई खोजेर लखतरान र भिजेका आँखालाई सानो आसाको किरण बनेर सोही गाँउपालिका, अंधेरी खोलाका सम्शेर गुरुङ्गएका बिहानै आईपुगे यो समान र पैसा लगेर घरमा दिनु है दाई भनेर तपाईको नानीले पठाएकी छिन । समशेरले पोको र पैसा आमा लाई थमाउदै भनें । हैन छोरी खै त आमा को प्रश्न खस्न नपाउदै म त बहिनी लाई खासै चिनिन, प्रेम बुबाकोमा दिनु मेरो यहाँ काम छ भनिन म त सोझै सोँचे र ल तनि सामान लगिदिन्छु भनेको , बरु त्यो जिपको ड्राईभर लाई सोध्नु न सम्शेरले आईडिया सुझाए ।

बुटवलबाट कुमारले जिपको ड्राईभरलाई बहिनी को बारेमा सोध्दा अनभिज्ञ बनें खै मत हतारमा थिंए तिनी नानी बुटवल मै झरिन या सान्तिपुर मेसो पाईन । गैरजिम्मेदार बचन बोलेर फोन काटे ड्राईभर ले ।बहिनी को पिरले रोम्ल्लिएका दाजु कुमारले सबै ठाँउमा फोन गरें, पुग्ने ठाँउ पुगे र बहिनी जान सक्ने संभावित स्थान को खोजीनिति गरेपनि कहिं कतै फेला नपरे पछि पुस २ गते ईलाका प्रहरी कार्यालय बुटवल मा लिखित उजुरी सहित बहिनी खोजिदिन आग्रह गरे । प्रहरीलाई बहिनी खोजिदिन अनुरोध गरेर घर फर्केका कुमार लाई घरबाट बाबाले फोन गरेर बहिनीले पुस १ गते नै नातामा भाउजु पर्ने पबित्रा केसी लाई म भारत तिर जाँदै छु र नेपाल -भारत बोर्डर मा छु भनेर फोन गरेको बताएपछि दाजु लाई झन तनाव थपिदियो । बहिनीको सँग भारत जाँदै छ ?  कतै…………..परिवारमा थप तनाव थपिदिएको छ उनको अन्तिम फोन कलले तै पनि सासको आस बाँचेको छ । आमाले छोरीको पिर ले रोएर दिन रात कटाएकी छिन ।कसैलाई मनपरेको भए मलाई भनेको भए म कहाँ नाई भन्थें र? कहाँ छौ बहिनी तिमी फर्की आउ भक्कानिदै कुमारले भने ।

भाउजुलाई फोन गरेको नम्वरमा कल गर्दा  सम्पर्क हुन सकेन भन्दा बिछिप्त हुन्छ परिवारको मन । ूभारत मा बहिनी जान सक्ने सबै ठाँउमा फोन गर्दा कतै बाट सन्तोष गर्ने जवाफ आउदैन लौन बहिनी को सोधी खोजी गरिदिनु पर्यो , पड्तिकारलाई कुमार ले रुंदै अनुरोध गरे । नेपाल बाट भारत तिर आउने सम्पुर्ण ट्रावल्स र सरकारी बस सेवा कम्पनी लगाएत दुतावास सँग पनि समन्वय गरि सोधी खोजी गर्न टिम नै बनाएको छ गुल्मी९भुर्तुङ्ग सम्पर्क समिति (भारत) ले । यदि नेपाल या भारत कहिं कतै यी चेलीको बारेमा कसैलाई पनि जानकारी भए निम्न नम्वर मा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध छ फेला पार्नु हुने महानुभाव लाई उचित पुरस्कार को पनि ब्यव्स्था गरिएको छ ।

सम्पर्क :
भारत –0091-8800359488,9818538156
नेपाल –00977-9863772622,9814483947
कृपया मुटुको टुक्रा छोरीको अभावमा तड्पिएका परिवारको खुसीको लागि यति सहयोग गरिदिनु होला ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।