शुक्रबार, बैशाख १४, २०८१

वाम गठबन्धनका उम्मेदवार कोठे बैठकमा, लोकतान्त्रिक भने घरदैलोमै

काठमाडौ मंसिर १२,  आसन्न निर्वाचनको क्रममा १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा वाम गठबन्धनका उम्मेदवारले आफ्नो चुनावी प्रचारप्रसार अन्र्तगत र्तत अधिकांश स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै कोठे छलफललाइ तिव्रता दिएको समाचार प्राप्त भएको छ ।

वाम गठबन्धन सम्वद्ध स्रोतका अनुसार उम्मेदवारहरुले ८५ प्रतिशत घरदैलो सम्पन्न गरि अहिले कोठे बैठक , कर्नर मिटङलाइ विशेष प्राथमिकता दिदै गरेको बुझिएको छ । त्यस्तै बाम गठबन्धनको अनुपातमा लोकतान्त्रिक गठबन्धले भने अहिलेपनि घरदैलो कार्यक्रमसंगै कोठे बैठकलाइ पनि निरन्तरता दिदै आएको सम्वद्ध स्रोतले जनाएको छ ।

काठमाडौका १० स्थानमा बाम गठबन्धनबाट काठमाडौमा क्षेत्र नं १ मा अनिल शर्मा  मा.के , २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी  मा.के  , ७ मा रामवीर उम्मेदवार ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० का लागि   हितमान शाक्य  (मा.के) चुनावी मैदानमा र  रहेका छन भने काँग्रेसको तर्फबाट क्षेत्र न १ मा प्रकाशमान सिंह, २ मा दिपक कुइकेल, ३ मा अम्विका बस्नेत, ४ मा गगन थापा , ५ डा प्रकाशशरण महत, ६ मा भीमसेनदास प्रधान, ७ काँग्रेसको समर्थनमा राप्रपाका उम्मदेवार राप्रपाका विक्रमबहादुर थापा ,८ नविन्द्रराज जोशी, ९ मा ध्यान गोविन्द रञ्जित र १० मा राजन केसी उम्मेदवार रहनु भएको छ 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।