शुक्रबार, चैत्र १६, २०८०

आसन्न निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई विजयी गराउन महासंघको अपिल

राजसंस्था वादी, राष्ट्रवादी तथा लाकेतन्त्र पक्षधर शक्तिलाइ मतदानगरि निर्वाचित गराउँन आव्हान

 काठमाडौं मंसिर १२ , विश्व हिन्दू महासंघ अन्र्तराष्ट्रियले प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचन अन्र्तगत आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा राजसंस्था वादी, राष्ट्रवादी तथा लाकेतन्त्र पक्षधर शक्तिलाइ मतदानगरि निर्वाचित गराउँन अपिल गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाज्यूसँगको महत्त्वपूर्ण भेटवार्ताको क्रममा महासंघका प्रतिनिधीमण्डल

महासंघले धर्म सापेक्षता सहितको हिन्दू राष्ट्र लगायतका विषयगत मुद्धामा केन्द्रीत रहेर लोकतान्त्रिक गठबन्धन र राष्ट्रवादी वाम गठबन्धका शिर्ष नेतृत्वसंग भएको घनिभूत छलफलपछि शिर्ष नेतृत्वबाट प्राप्त प्रतिवद्धतासंगै यस्तो अपिल गरेको हो ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के।पी ओलीसंगको महत्त्वपूर्ण भेटवार्ताको क्रममा महासंघका प्रतिनिधीमण्डल

महासंघका अध्यक्ष जनरल भरतकेशर सिह नेतृत्वको प्रतिनिधीमण्डलले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरववाहादुर देउवा त्यस्तैगरि एमालेका अध्यक्ष केपी ओली लगायतका शिर्ष नेतृत्वसंग गरेको छुट्टाछुट्टै भेटवार्तापछि यस्तो निर्ण गरेको महासचिव अस्मिता भण्डारीले जानकारी दिदै आसन्न निर्वाचनमा उल्लासमय वातावरणमा चुनावमा सहभागी हुन तथा राजावादी,हिन्दुवादी शक्तिलाई मतदान गरी विजयी गराउनुहुन संस्थागत तथा व्यक्तिगतरुमा समेत अपिल गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।