शनिबार, बैशाख १५, २०८१

बंगलादेशमा आतंककारी समूह र मुस्लिम बहुलवादीद्दारा हिन्दूमाथी बर्वर दमन

हिन्दू देशका धर्मभिरुहरु मौन

काठमाडौं कार्तिक २८, बंगलादेशमा आतंककारी समूह र मुस्लिम बहुलवादीहरुले अल्पसख्यक हिन्दूहरुका घरवार लुट्दै कुटिदै र खेदिदैछन । तर शेख हसिनाको सरकारलाई अल्पसख्यक हिन्दूहरुलाइ  सुरक्षा दिएको   छैन । वीवीसीका अनुसार हिन्दूका घरमात्र होइन, मठमन्दिरहरु भत्काउने र लुटपाट गर्ने कार्य पनि भइरदा पनि हसिनाको सरकारको मौ्रन रहेको आजको गोरखा एक्सप्रेस साप्ताहिकमा समाचार प्रकाशित रहेको छ ।  प्रकाशित समाचारमा हिन्दूहरुलाई उत्तरी बंगलादेशबाट लखदै त्यहाँस्थित हिन्दूका मठमन्दिर समेत मन्दिर भत्काउँदै , हिन्दूको घरहरुमा आगो लगाइदिएको उल्लेख गरिएको छ ।  साथै लखटिएका हिन्दूहरु  उत्तरी बंगलादेशका ठाकरपारा लगायतका गाउँले हुन ।  त्यहाँ व्याप्त आतंकाका कारण  उनिहरु  अझै घर फर्किन सकेका छैनन् ।

मस्लिम भीडले हिन्दूका घर लुटेदै आगो लगाउँदै गर्दा स्थानीय प्रहरीले चलाएको गोलीले एकजनाको मृत्युसमेत भएको खबर छ । हिन्दुहरुमाथि यति ठूलो हिंसा भइरहदा पनि नेपालका हिन्दुवादीले मुख खोलेका छैनन् । यी कस्ता हिन्दु हुन् रु धेरैले प्रश्न गरिरहेको सुनिन्छ ।  एकजना हिन्दले इस्लामका अपमान गरेर फेसवुकमा सन्देश राख्यो भन्ने विषयले बंगलादेशमा हिन्दुमाथि मुस्लिमहरुले यति जघन्य अपराध गरेका हुन् ।

तर, जुन युवकले फेसबुकमा इस्लामको अपमान गरेको आरोप लगाइएको छ, ऊ कम्प्युटर चलाउनै नजान्ने व्यक्ति थियो, जसले कम्प्युटर चलाउन जान्दैन उसले कसरी फेसवुकमा इस्लामको अपमान गर्नसक्छ रु स्रोतका अनुसार हिसा भड्काउनका लागि मस्लिम समुदायका कसैले उसको फेसवुक बनाएर  इस्लामका अपमान गरको हुन सक्छ । नक्कली फेसवुक एकाउण्टमा सन्देस हालिदिदा सिङगो हिन्दू समुदाय यसरी प्रताडित हुनुपरेको छ ।

यद्यपि प्रहरीले फेसबुक एकाउण्ट खोल्न प्रयोग गरेको फोटो र मोवाइल नम्बर कुनै हिन्दू युवकको भएको पत्ता लगाएको छ । तर ती युवक कुन हिन्दू थिए, प्रहरीले स्पष्ट पारेको छैन । बंगलादेशका शेख हसिना सरकारले बेला बेलामा भइरहने हिन्दूमाथिको अत्याचार रोक्न यसपटक पनि सामान्य प्रहरी परिचालन बाहेक सद्भाव बढाउने कुनै काम गरेको छैन । यसरी हिन्दूमाथि अत्याचार हुदा सरकारनै सहयोगी जस्ता जस्ता देखिएकाले हिन्दू दमनमा अतिवादी मुस्लिम समुदाय हौमिने गरेको आरोप हिन्दुहरुको छ । विश्वका कुनै कुनामा हिन्दुमाथि अत्याचार हुँदा हिन्दुू देशका धर्मभिरुहरुले धर्मरक्षार्थ त बोल्नुपर्ने होइन र ?