शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसले हल्ला चलाएर राजनीति ठगी गर्न खोजेको बिजुक्छेंको आरोप

भक्तपुर कार्तिक २७,  नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई नेमकिपाको कुनै समर्थन नरहेको बताउनु भएको छ ।  रफत सञ्चार क्लबले आज आयोजना गरेका नेमकिपाका उम्मेदवारहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेमकिपाले शसक्त रुपमा आफ्नै उम्मेदवार उठाए पछि आत्तिएर यस्तो हल्ला चलाएको जनाउ दिदै अध्यक्ष विजुक्छेले त्यस्तो हल्लाका पछि नलाग्न मतदातालाई आग्रह समेत गर्नुभएको छ ।
त्यस्तै बिजुक्छेले गैरलोकतन्त्रवादी मिलेर लोकतान्त्रिक गठबन्धन र गैरवामपन्थीहरु मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप सहित नेमकिपाले देश र जनताको अधिकारको सुरक्षित गर्न उम्मेदवारी दिएको भन्दै नेमकिपाको नाम प्रयोग गरेर ठगहरु सक्रिय भएको आरोप लगाउदै भक्तपुरमा नेमकिपाले काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई सहयोग गर्छ भनेर काँग्रेसले हल्ला चलाएर राजनीति ठगि गर्न खोजेको टिप्पणी गर्नुभएको छ ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवाद, साम्राज्यवाद, एकाधिकार पूजीवाद विरुद्ध नेमकिपाले उम्मेदवारी दिएको जनाउ दिदै एमालेका महेश बस्नेत पैसाका बलमा उम्मेदवार बनेको र भारतले दमननाथलाई काँग्रेसबाट उम्मेदवार बनाएको हो, यस्तो अबस्थामा जनताले नेमकिपालाई रोज्ने बताए ।
त्यस्तै कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगर , भक्तपुर क्षेत्र नं. १ प्रदेश नं. १ का उम्मेदवार निरज लवजू, २ का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं. २ प्रदेश सभा १ का उम्मेदवार सरोजराज गोसाई र २ का उम्मेदवार प्रेमजन थापाले ठूला दलले ठूला घोषणा पत्र बनाएर जनता झुक्याउदै आएको बताउँदै त्यसको पछि नलाग्न आग्रह गर्नुभएको छ ।