शनिबार, बैशाख १५, २०८१

पत्रकार थापामाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौ मंसिर ११,  नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी विषयलाई लिएर महासंघ सिन्धुपाल्चोक शाखा सचिव दिनेश थापामाथि भएको  आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।

महासंघका सचिव रेमबहादुर विश्वकर्माले आज जारी विज्ञप्तिमा पत्रकार थापामाथि भएको आक्रमण प्रेस स्वतन्त्रतमाथि आक्रमण भएको जनाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग माग गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आइतबार सुनकोशी गाउँपालिका–६ स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा साँझ ६ः३० बजेतिर तरुण दलका कार्यकर्ता प्रमोद तामाङको नेतृत्वमा आएको समूहले आक्रमण गरेको महासंघले जनाएको छ ।

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।