बुधबार, बैशाख १२, २०८१

निर्वाचन आचारसंहिता विपरित मत सर्वेक्षण गरे कारबाही डा.यादव

 काठमाडौं मंसिर ११ , प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् ।  सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा। यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिताविपरीत हुने बताउँनु भएको आयोगद्दारा जारी विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा निर्वाचन आचारसंहितामा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख गर्दै निर्वाचन आचारसंहिताविपरीत कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापतको कारबाही हुने बताउँदै उहाँले
निर्वाचन आचारसंहिताविपरीत गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने कार्यमा समेत नकारात्मक प्रभावपर्ने भन्दै मत सर्वेक्षणलाई सञ्चारमाध्यममा स्थान नदिनसमेत आम सञ्चारमाध्यमसँग आग्रह गर्नु भएको उल्लेख गरिएको छ ।

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।