शुक्रबार, बैशाख १४, २०८१

काठमाडौंको १० निर्वाचन क्षेत्रमा- को कहाँ ?

काठमाडौं कार्तिक १६ ,  आसन्न मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौको १० निर्वाचन क्षेत्रको लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये काँग्रेसको तर्फबाट क्षेत्र न १ मा प्रकाशमान सिंह, २ मा दिपक कुइकेल, ३ मा अम्विका बस्नेत, ४ मा गगन थापा , ५ डा प्रकाशशरण महत, ६ मा भीमसेनदास प्रधान, ७ काँग्रेसको समर्थनमा राप्रपाका उम्मदेवार राप्रपाका विक्रमबहादुर थापा ,८ नविन्द्रराज जोशी, ९ मा ध्यान गोविन्द रञ्जित र १० मा राजन केसी उम्मेदवार रहनु भएको छ भने वाम गठबन्धनको तर्फबाट क्षेत्र नं १ मा अनिल शर्मा, २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा हितमान शाक्य उम्मेवार हुनुभएको छ । त्यस्तै गरि क्षेत्र नं १ विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र लगायतले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ

त्यस्तै प्रदेशसभातर्फ काँग्रेसको तर्फबाट १ मा-  दिपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछाने  उम्मेदवारी दर्ता गराएका छन भने वाम गठबन्धनबाट विष्णुकुमारी भुसाल र गणेश दुलालले उम्मेदवारी दर्ता गराएका छन । २ मा-  काग्रेसको तर्फबाट लोकेश ढकाल र मनहरि खड्को उम्मेदवारी दर्ता गराएका छन भने वाम गठबन्धनबाट सानु श्रेष्ठ र मणिराम फुयाँलले उम्मेदवारी दर्ता गराएका छन ।  ३ मा- काग्रेसको तर्फबाट छिरिङदोर्जे लामा र मा विमल ठकुरीले उम्मेदवारी दर्ता गराएका छन भने वाम गठबन्धनबाट रुद्र बराइली र रामेश्वर फुयाँलले उम्मेदवारी दर्ता गराएका छन । ४मा-  काग्रेसको तर्फबाट नरोत्तम वैद्य र साधुराम खड्कले उम्मेदवारी दर्ता गराएका छन भने वाम गठबन्धनबाट एमालेका निर्मल कुइँकेल र कुसुमकुमार कार्कीले उम्मेदवारी दर्ता गराइका छन ।  ५ मा-  काग्रेसको तर्फबाट रमा गुरागाइँ र रमेश खड्काले उम्मेदवारी दर्ता गराउँनु भएको छ भने वाम गठबन्धनबाट नारायण सिलवाल र दीपक निरौला ले उम्मेदवारी दर्ता गराएका छन ।

  ६ मा – काग्रेसको तर्फबाट न्हुच्छेनारायण मानन्धर र विष्णुभक्त तिमल्सिनाले उम्मेदवारी दिएका छन् भने वाम गठबन्धनबाट केशव स्थापित र योगेन्द्र संग्रौला उम्मेदवार रहेका छन् । ७ मा-  काग्रेसको तर्फबाट विजय माली धर्मराज अर्यालले उम्मेदवारी दर्ता गराएका छन भने वाम गठबन्धनबाट वसन्त मानन्धर र प्रकाश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन ।  ८ मा-  काँगेसको तर्फबाट राज्यलक्ष्मी श्रेष्ठ र देवरत्न डंगोलले उम्मेदावरी दर्ता गराएका छन भने बाम गठबन्धनबाट राजेश शाक्य र अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएका छन ।  त्यस्तै प्रदेशसभा तर्फ काठमाडौं ८मा माओवादी नेता उमेश स्थापितले  पनि  उम्मेदवारी दर्ता गराएका छन ।

 ९ मा – वाम गठबन्धनबाट एमालेका ‘ अजयक्रान्ति शाक्य र केशव पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन भने काँग्रेसको तर्फबाट इन्द्रमान तुलाधर र धर्मराज गौतमले उम्मेदवारी दर्ता गराएका छन । १० मा-  कांग्रेसको तर्फबाट पुकार महर्जन र धर्मानन्द श्रेष्ठले उम्मेदवारी दिएका छन् भने वाम गठबन्धनबाट दिलीप महर्जन र रमाआलेमगर उम्मेदवार भएकी छिन ।