शनिबार, बैशाख १५, २०८१

उम्मेदवार जोशी पार्टीबाट निष्काशित

काठमाडौ कात्तिक ३०,   आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ अन्र्तगत प्रदेशसभा सदस्यको ख समूहमा स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेकपा एमाले कन्चनपुरले बागी उम्मेदवारी दिने राजेन्द्रप्रसाद जोशीलाई पार्टीबाट निष्काशन गरेको छ ।

 प्राप्त समाचारमा उल्लेखभएअनुसार उम्मेदवारी फिर्ता गर्न पटक–पटक आग्रह ग्रदा समेत नमाने गर्दासमेत नमानेपछि जोशीलाई विधानको धारा ४९ क ८ बमोजिम पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गर्दै पार्टीबाट निष्काशन गरिएको उल्लेख गरिएको छ ।