बिहिबार, बैशाख ६, २०८१

वाम गठबन्धनबाट अत्तालिएर काँग्रेसले अधिनायकवादको हल्ला फैलाएको अध्यक्ष ओलीको आरोप

मुलुकको दीर्घकालीन विकास गर्न वाम गठबन्धन :प्रचण्ड

  वाम गठबन्धनले चुनाव जितेपछि देशमा नाकाबन्दी हुन्छ भनेर अहिले अधिनायकवाद पछि  अर्को हौवा  फैलाइएको  भन्दै   उहाँले भन्नुभयो, “उत्तर दक्षिणका नाका खोलिएका छन्, कसैले चाहेर पनि अव मुलुकमा नाकाबन्दी हुन नसक्ने बताउँनु भएको  छ ।   

 काठमाडौं कार्तिक ३०, संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले वाम गठबन्धन भएयता नेपाली काँग्रेसले अत्तालिएर कम्युनिष्ट सत्तामा आएपछि अधिनायकवाद आउँछ भनेर फैलाएको हल्लामा कुनै तुक नभएको भन्दै काँग्रेसको आफ्नो साख बचाउँन भ्रम फैलाएको आरोप लगाउनुभएको छ ।   सम्बोधनको क्रममा नेता ओलीले गठबन्धनले निर्वाचन जितेपछि अधिनायकवाद नभइ मुलुकमा शान्त��, सुशासन, विकास र समृद्धि ल्याइने बताउँदै नेता ओलीले   वाम गठबन्धनले चुनाव जितेपछि देशमा नाकाबन्दी हुन्छ भनेर अहिले अधिनायकवाद पछि  अर्को हौवा  फैलाइएको  भन्दै   उहाँले भन्नुभयो, “उत्तर दक्षिणका नाका खोलिएका छन्, कसैले चाहेर पनि अव मुलुकमा नाकाबन्दी हुन नसक्ने बताउँनु भएको  छ ।  

 त्यस्तै नेता ओलीले मध्यपहाडी लोकमार्ग निर्माण भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन ल्याइने प्रतिवद्धता सहित स्थनीय मतदाता समक्ष वामपन्थी सरकार गठन भएलगत्तै काठमाडौँदेखि पोखरासम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु-याउने वचनवद्धता समेत प्रकट गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।    त्यस्तै गरि गठबन्धनका अर्का नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुकको समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको धारणा व्यक्त गर्दै मुलुकको दीर्घकालीन विकास गर्न गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।