आइतवार, बैशाख १६, २०८१

आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक

३३० सीटका लागि ६ हजार ९४ जना उम्मेदवार

 काठमाडौं कार्तिक १७ निर्वाचन आयोगले आज साँझ आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समानुपातिक उम्मेदवारको लागि मुलुकका प्रमुख दल लगायतले यातले बुझाएको नामावलीको अन्तिम सूची  सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा समानुपातिकतर्फको ३३० सीटका लागि ६हजार९४ जनाको नामावली रहेको छ । 

 समानुपातिक निर्वाचन प्रणालीतर्फ आयोगमा दर्ता रहेको ८८ दलमध्ये प्रतिनिधिसभा सदस्यका लागि ४९ दले र प्रदेशसभाका लागि उम्मदेवारी दिएका छन् भने प्रदेशसभा सदस्य समेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहे आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार छन् । यसैगरी अपांगता भएका पुरूष १५८, महिला ११५ र अन्य एक तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवार संविधान वा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभाका हकमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भए सो सात दिनभित्र दावी विरोधमा उजुरी गर्न सकिने जनाउँदै समानुपातिकतर्फको निर्वाचन कार्यक्रमअनुसार कात्तिक १८ देखि २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिने, कात्तिक २५ देखि मंसिर १ गतेसम्म त्यस्ता दावी विरोधका निवेदनमाथि छानवीन र जाँचबुझपछि बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशन गरी आगामी मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।  बन्दसूचीको पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नुहोला ।