शुक्रबार, बैशाख १४, २०८१

प्रतिबिम्बका बिम्ब गायक पुन्यमको साङगेतिक फाँटमा पुनरागमन

काठमाडौं असोज २९, पचासको त्यो दशकमा रहरलाग्दो गायनमा रहरले प्रवेश गरेका गायक पुन्यम प्रधानको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा लोकार्पण भएको छ। यो लोकार्पण संगै गायक पुन्यमको पुन साङगेतिक फाँटमा पुनरागमन भएको छ ।  शनिवार काठमाडौमा आयोजित एक कार्यक्रमका वीच उक्त गीतको चर्चित संगीतकार राजु सिंहले संगीतकार अनिल शाहीको विशिष्ट आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण गर्नु भएको हो

नविन श्रेष्ठको शव्द तथा संगीत अनि अनिल शाहीको म्युजिक एरेञ्ज रहेको उक्त गीतकोे भिडियोको निर्देशन विश्व प्रधानको निर्देशन रहेको छ । त्यस्तै रिस्ता बस्नेत, निशान खत्री, सिर्जना थापा बस्नेत लगायतको अभिनय रहेको छ ।

लोकार्पण समारोहमा संगीतकार राजु सिंहले गायक पुन्यम प्रधान र आफू मिलेर पचासको दशकको त्यो कठिन समयमा प्रतिबिम्ब समूह स्थापना गरेर संघर्ष गरेर करियर बनाएको क्षण स्मरण गर्नु भएको थियो भने संगीतकार अनिल सिंहले जले जले गीतको म्युजिक एरेञ्ज गर्दाको त्यो पल अनि पुन्यमसंगको सहकार्यको बारेमा खुलेर तारिफ गर्नु भएको थियो ।  गायक पुन्यम प्रधानको प्रतिबिम्ब समूहवाट निकालिएको प्रतिबिम्ब भाग १ देखि ४ सम्मको सांगीतिक एल्बमका कही बर्बाद नहोस, विझाउने यादहरु, दोवाटोमा कुरिबसेको, नआइदेऊ मेरो जीवनमा जस्ता थुप्रै गीतहरु अझैपनि चर्चाको शिखरमा रहेका छन ।