शनिबार, बैशाख १५, २०८१

काठमाडौं काँग्रेस क्षेत्र.न.८ मा रणनितीक भेला

 काठमाडौं कार्तिक १२ , आगामी मंसिर २१ हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्र्तगत काठमाडौं काँग्रेस निर्वाचन क्षेत्र न ८ मा चुनावी तयारी शुरु भएको छ ।  यसअघि दुइपटक यसै निर्वाचन क्षेत्रबाट निर्वाचित काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशी प्रतिनिधि सभाका लागि उम्मेदवार रहनु भएको  यस क्षेत्रमा विधिवत रुपमा आज चुनावी रणनितीक भेलाको आयोजना गर्दै चुनावी अभियानको शुभारम्भ गरिएको हो ।

भेलालाइ सम्बोधन गर्दै नविन्द्रराज जोशीले आसन्न निर्वाचनमा लोकतान्त्रिक शक्तिलाइ निर्वाचित बनाउँनका लागि आवश्यक योजना तय गर्दै मतदातालाइ सुरक्षितरुपमा मताधिकारको प्रयोग गर्ने वातावरण सहित आवश्यक सवै कार्य सम्पादनको लागि जिम्मेवारी बाँडफाँड गर्दै बाम गठबन्धनको नाममा सिर्जना गरिएको भ्रमित अवस्था चिर्दै अगाडि बढ्नु पर्ने बताउँनु भएको थियो ।

क्षेत्रीय समितिको अगुवाको भएको उक्त भेलामा इकाइ पदाधिकारी, बुथ प्रतिनिधी, क्षेत्रीय प्रतिनिधी, महाधिवेशन र महासमितिका सदस्यहरुको उपस्थिती रहेको उक्त भेलामा पूर्व सांसद राज्यलक्षी श्रेष्ठ लगायतका वक्ताले चुनावी एजेन्दा रणनितीका सवालमा आ-आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।