बिहिबार, चैत्र १५, २०८०

प्रत्यक्ष निर्वाचन लड्ने भन्दै भ्याली पिटिएका नेतापनि संशोधित बन्दसूचीमा

 प्रमुख दलले संशोधन सहितको बन्दसूची बुझाए 

काठमाडौं कात्तिक १२, निर्वाचन आयोगले आयोगमा गत असोज २९ गते राजनीतिक दलहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा आज अन्तिम संशोधनका लागि दिएको समय मुताविक  बन्दसूची संशोधन गरी उम्मेदवार थपघट गर्न दलहरु आज बिहानैदेखि आन्तरिक छलफल सहित आयोग परिसरमा पुगेका छन ।

समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची कार्तिक १७ र मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने तयारीमा रहेको आयोगले आज साँझ सम्म प्राप्त  उम्मेदवारको सूचिलाइ आधिकारिक मान्न्यता दिने भएको छ ।

यसैवीच आज समानुपातिक उम्मेदवारको संशोधित बन्दसूची तयार गर्न दलका नेताहरुलाइ निकै सकस भएको र यसअघि बुझाएको धेरै नाम संशोधन गरिएको थाहा भएको छ ।  यसक्रममा पहिलो सूचीमा समावेस गरिएको काँग्रेसका कृष्णप्रसाद सिटौलाको नाम अन्तिममा आएर हटाइएको छ भने एमालेले यसअभि सूचीमा समावेस गर्न नसकिएको केशव बडालको नाम संशोधित सूचीमा समावेस गरिएको सम्वद्धस्रोतले जनाएको छ । त्यस्तै माओवादी केद्रले पनि प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा रहेको भन्दै भ्याली पिटिएका रामबहादुर थापा बादलको नाम समानुपातिक सूचिमा समावेस गरेको बुझिएको छ ।