शुक्रबार, बैशाख १४, २०८१

आज उम्मेदवारको अन्तिम नामावली सहित निर्वाचन चिह्न वितरण गरिदै

काठमाडौ कात्तिक ८, आगामी मंसिर १० मा हुने पहिलो चरण ३२ जिल्लाका अन्र्तगत प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३७ निर्वाचन क्षेत्रमा र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि दर्ता भएको उम्मेदवारको मनोनयनमाथि दावी विरोघ र उजुरी पछि आज आयोगले दर्ता उम्मेदवारी फिर्ता र आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन संगै उम्मेदवारलाई निर्वाचन चिह्न समेत प्रदान गरिने आयोगले जनाएको छ ।

आयोगले प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानूनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने जनाएके छ ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै आगामी कार्तिक यही कात्तिक १६ गतेका दिन मंसिर २१ गते दोस्रो चरणमा तराई–मधेश र पहाडका ४५ जिल्लाका लागि हुने निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता  गर्ने कार्यक्रम रहेको छ ।