बिहिबार, बैशाख १३, २०८१

भूकम्पपछि क्षतिग्रस्त महत्वपूर्ण सम्पदाहरुको पुनःनिर्माण गर्नु आवश्यक – राष्ट्रपति भण्डारी

 काठमाडौं कार्तिक ८,  ज्यापु समाज ललितपुरको आयोजनामा मंगलवारबाट सुरु भएको ज्यापु म्युजियम फियस्ता २०१७ कार्यक्रमको एक विशेष कार्यक्रमकावीच    सुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि क्षतिग्रस्त महत्वपूर्ण सम्पदाहरुको पुनःनिर्माण गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउँनु भएको छ । त्यस्तै  तीन दिनसम्म चल्नेछ प्रस्तुत फियस्ताको सुभारम्भ समाहरोमा राष्ट्रपति  भण्डारीले  शताब्दी पुरुष सत्यमोहन जोशीलाइ उहाँकै अर्धकदको मूर्तिबाट सम्मानित गर्नु भएको थियो । 

आन्तरिक एवं बाह्य पर्यटनको समय सापेक्ष प्रबद्र्धन सहित महोत्सवको माध्यमबाट ज्यापु समुदायले जीवनयापनको क्रममा निर्वाह गर्दै आएका संस्कार, चालचलन, सांस्कृतिक एवं सामाजिक पक्षको विविध प्रस्तुति तथा प्रदर्शनी गरिएको उक्त महोत्सवमा ज्यापु संग्रहालयका साथै  झण्डै २००० वर्ष  कला संस्कृतिको  प्रदर्शनी गरिएको छ।

 कार्यक्रममा  शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल सरकारका रक्षा मन्त्री भिमसेनदास प्रधान ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतले नेवार समुदायको विविध पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजित प्रस्तुत कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको थियो ।