शनिबार, बैशाख १५, २०८१

प्रहरी महानिरीक्षकमा तेस्रो व्यक्ति ल्याउने गृहकार्य

काठमाडौं चैत २१,  प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्चको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार Nepal-policeदुवैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई बनाउने गृहकार्य सुरु गरेको आजको समाचारपत्रले समाचार छापेको छ । सरकारले डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्ति गरेपछि अर्का दावेदार डिआईजी नवराज सिलवालले रिट दायर गरेपछि सर्वोच्च अदालतले चन्दको नियुक्ति बदर गरेको थियो । सत्ता साझेदार दल नेपाली कांग्रेसको चर्को दबाबमा नियुक्त भएका चन्दलाई अदालतले हटाएसँगै प्रहरी संगठन निमित्त आईजीपीको भरमा चलिरहेको छ ।