आइतवार, बैशाख २३, २०८१

जनमत भएका उम्मेदवार चयन गर्न काँग्रेस नेतृत्वलाइ बुद्धिजीवीको सुझाव

काठमाडौ चैत्र २३,  नेपाली काँग्रेसले आज आसन्न स्थानीय तहको निर्वाचनको प्रयोजनार्थ घोषणा पत्र तयार गर्न आवश्यक सुझाव सङ्कलनका लागि बुद्धिजीवीसंगको अन्र्तक्रियामा सरोकोरवाला समूहले पार्टीका नेताका व्यक्तिगत मान्छे र गुटको भन्दा लोकप्रिय जनमतको छवी भएका उम्मेदवार चयन गर्न congressकाँग्रेसका नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टीका केन्द्रीय सदस्य महेश आचार्यको नेतृत्वमा गठित घोषणापत्र तयारी समितिले पार्टी शीर्ष नेताको सहभागितासहित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा पेशागत सङ्गठनका प्रतिनिधि, र पूर्वपदाधिकारी, प्राध्यापक, पत्रकार, अधिवक्तालगायतले लिखित तथा मौखिक सुझाव दिने क्रममा यस्ता अभिव्यक्त दिएको हो ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको समसामयिक जटिल राजनीतिक परिस्थितिमा ठूलो पार्टीका नाताले काँग्रेसलाई बढी चुनौती थपिएको बताउनु भएको थियो भने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्राप्त सुझावको कार्यान्वय गर्दै घोषणा पत्रलाई अन्तिम रुप दिइने जनाउ दिनु भएको थियो । त्यस्तैगरि समिति संयोजक अचार्यले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने सरकार भएकाले प्रस्तुत घोषणा पत्रमा जनताका आधारभूतमागलाइ समेटिने बताउँनु भएको थियो ।