शनिबार, बैशाख २२, २०८१

नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गर्न पूर्वराजा शाहको आव्हान

20150722_anup_1

मुलकमा बाहृय शक्तिको बढ्दो प्रभावका कारण राष्ट्र दिनानूदिन कमजोर बन्दै गइरहेमा चिन्ता व्यक्त

 

काठमाडौं पौष ६ , पूर्व राजा ज्ञानेन्द्र साहले मुलुकको मुल्य-मान्यतामा आधारित राजनीतिमा आएको तरलताका कारण दिनानुदिन राष्ट्र कमजोर बन्दै गएको बताउँनु भएको छ । त्यस्तै उहाँले माटो र मूटूसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दूहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन नसक्नुको अलावा यसले कदापी राष्ट्रिय गौरव बचाउँन नसक्ने भन्दै मुलकमा बाहृय शक्तिको बढ्दो प्रभावका कारण राष्ट्र दिनानूदिन कमजोर बन्दै गइरहेमा press-releaseचिन्ता व्यक्त गर्दै राष्ट्रियताको एकताको मर्म माथि भइरहेको निर्मम प्रहार र यसवीचमा मौलाएको निषेधको राजनीति र प्रतिशोधको मानसिकताले किमार्थ मुलुक समृद्ध, समून्नत र सूदृढ हुँन नसक्ने बताउँनु भएको छ

पूर्व राजा ज्ञानेन्द्रले बुधबार साँझ विज्ञप्ति जारी गर्दै अहिले जसरी पहाड र तराईबीचको एकताभाव तोड्ने र नेपाली–नेपालीबीचको सद्भाव खल्बल्याउने प्रयास भइरहेको छ त्यसले सिंगो,  संगठित ,अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सूम्पिएको राष्ट्रि लाई जोगाउंदै समृद्ध , समून्नत र सूदृढ बनाउनू पर्ने दायित्व प्रति देखिएको वाहृय शक्तिको अनुचित प्रभावका कारण एक पछि अर्को गर्दै मुलुकमा अनेकन बेथिती सिर्जना हुँदै जानु त्यस्तै सार्वभौम सत्ताको मुल आधारका रुपमा रहेको भाषा, धर्म संस्कृति, इतिहास एवम् त्यसले बोकेको आस्था र विश्वास र नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णूता सहअस्थित्व र पद्धतिसंग जोडिएको यावत विषयमा क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्र कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य भएको जिकिर गर्नु भएको छ ।
त्यस्तै विज्ञप्तिमा अझै पनि जनताका आस्थाहरुढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक प६क इतिहासले सूम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सूम्पन्न मूखर र प्रखर रुपले जाग्नै परेको छ लाग्नै परेको छ । राष्ट्र प्रेम र राष्ट्रप्रतिको समर्पण्मबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं समय भडकी सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन भन्दै उहाँले नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न देशबासीलाई आह्वान गर्नुभएको छ ।