शुक्रबार, बैशाख २१, २०८१

भारतीय राष्ट्रपति मुखर्जीको शुक्रबार जनकपुरस्थित तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गरिने

काठमाडौं कात्तिक १८ , भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि जनकपुरमा भव्य तयारी भएको छ ।राष्ट्रपति मुखर्जी शुक्रबार ऐतिहासिक धार्मिक नगरी जनकपुर जाने कार्यक्रम रहेको छ त्यस्तै राष्ट्रपति मुखर्जीलाइ जनकपुर उपमहानगरपालिकाले त्यहाँस्थित ऐतिहासिक तिरहुतिया गाछीमा नागरिकको तर्फबाट गर्ने राष्ट्रपति मुखर्जीको अभिनन्दनको पूर्व तयारी व्यपाक रुपमा हुँदै गरेको हाम्रा सहकर्मीले जनाएका छन ।

राष्ट्रपति मुखर्जीले  जानकी मन्दिरमा पूजा अर्चना गरेपछि तिरहुतिया गाछीमा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

 जनकपुरको कार्यक्रम पछि राष्ट्रपति मुखर्जी पोखरा जाने र पोखराका विभिन्न कार्यक्रममा सहभागी भएर उनी सोही दिन साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।