बिहिबार, बैशाख २०, २०८१

भारतीय राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि ७० सदस्यीय सुरक्षाकर्मी संगै आउँदै

काठमाडौं कार्तिक १७ , भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भित्री सुरक्षाका लागि भारतबाटै सुरक्षाकर्मी आउने भएका छन् । आजबाट हुने तीनदिने मुखर्जीको नेपाल भ्रमणको क्रममा ७० सदीयीय सुरक्षाकर्मीको टोली समेत आउँदै गरेको सम्वद्धस्रोतले जनाएके छ । स्रोतका अनुसार यसरी आउँने सुरक्षा टोलीसंगै आधुनिक pranab_230712a1हतियारबाट सुसज्जित हुने बताईएको छ ।  त्यसोत नोिल सरकार गृहमन्त्रालयले पनि उहाँको सुरक्षाको लागि आवश्यक सुरक्षा प्रबन्धका लागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सहितको संयुक्त परिचालन सम्बन्धी सुरक्षा रणनीति बनाइसकेको छ ।

गृह मन्त्रालयले मुखर्जीकको भित्री सुरक्षामा नेपाली सेना परिचालन गर्नेगरी अति विशिष्ट ब्यक्तिको सुरक्षामा अपनाइने ‘क’ वर्गको सुरक्षा रणनीति कार्यान्यवयन गर्दै छ । यसरी राष्ट्रपती मुखर्जीको सुरक्षाका लागि भित्री घेरामा नेपाली सेनासंगै भारतीय सुरक्षाकर्मी समेत खटिने स्रोतले जनाएको छ ।  स्रोतका अनुसार केही दिन अगाडि दिल्लीका एआइजीको नेतृत्वमा भ्रमणको तयारी र सुरक्षा अवस्थाबारे रेकी गर्न नेपाल आएको भारतीय सुरक्षाकर्मीको टोलीनै काठमाडौं, पोखरा र जनकपुर पुगेर सुरक्षा अनुगमन गरेको थियो ।