आइतवार, जेष्ठ ६, २०८१

फाउन्डेसनले कोइरालाको स्मृति सभा गर्ने

काठमाडौ मार्ग ९, सुशील कोइराला मेमोरियल फाउन्डेसनले नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको सम्झनामा स्मृतिसभा लगायत विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । तत्कालीन सभापति कोइरालाको गत वर्ष माघ २७ गते निधन भएको थियो ।
फाउन्डेसनका अध्यक्ष एवम् काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको अध्यक्षतामा आज बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा फाउन्डेसनका संरक्षक एवम् काँग्रेसका सभापति शेरबहादुर देउवा सदस्यहरु चित्रलेखा यादव, एनपी साउद, दीपक खड्का लगायतको सहभागिता प्राप्त समाचारमा उल्लेख गरिएको छ ।