मङ्लबार, जेष्ठ १, २०८१

महिला हिंसाविरुद्धको १६दिने अभियान शुक्रबार देखि सुरु

काठमाडौ मार्ग ९, लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरे अनुरुप हरेक वर्ष नोभेम्बर २५ बाट १६ दिनसम्म मनाइने photoलैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ यसवर्ष शुक्रवारबाट सुरु हुँने जानकारी दिएको छ ।
राष्ट्रिय महिला आयोगले आज पत्रकार सममेलन मार्फत यस पटकको अभियानमा ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने मुल नाराका साथ सुरु गरिने सोह्रदिने अभियानका वारे जानकारी दिदै आयोगका कावा अध्यक्ष भवानी घिमिरेले घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गर्दै जनचेतना जागृत गर्दै आएको जानकारी दिनुभएको थियो ।