शुक्रबार, बैशाख २१, २०८१

ने.स ११३७ सुभारम्भको अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिद्वारा शुभकामना अभिव्यक्त

काठमाडौ कात्तिक १५, नेपाल सम्वत् ११३७ प्रारम्भ भएको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, बेग्लाबेग्लै शुभकामना सन्देश जारी गर्दै शुभकामना अभिव्यक्त गर्नु भएको छ । जारी शुभकामना सन्देश मार्फत उहाँहरुले नेपाल सम्वत् ‘जागरण कालको इतिहास’ र ‘संस्कृतिको एक जीवन्त धरोहर’ भएको बताउँनु भएको छ ।
bidhyaयसक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को अवसरमा देश–विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले नेपालीको आफ्नै मौलिक संवतको रुपमा रहेको नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै भाइचाराको भावना समेत सुदृढ गर्न योगदान दिने आशा व्यक्त गरेकी छन् ।  त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको तीव्र गतिमा कार्यान्वयन गर्दै बलियो राष्ट्रिय एकता र आर्थिक समृद्धिसहितका समृद्ध नेपाल निर्माण मुलुकको अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् ।