बिहिबार, बैशाख २०, २०८१

आज बडादसैंको सातौं दिन, घरघरमा फुलपाली भित्र्याइँदै

देशभरका शक्तिपिठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो

6207411861_26edd16d77_zकाठमाडौ आश्विन २२, आज बडादसैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । फूलपाती भित्र्याउन कुनै साइत नचाहिने भन्दै नेपाल पञ्चांग निर्णयक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने बिहान ८ बजेर ४३ मिनेटमा रहेको जनाएको छ । त्यस्तै फुलपातीको दिन आज देशभरका शक्तिपिठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो पनि लागिरहेको छ

सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । यसैबीच, नवरात्रको सातौं दिन आज कालरात्री भगवतीको पूजा अर्चना पनि गरिंदै छ । आजकै दिन हनुमानढोकास्थित दसैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका ६ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म ६ जना ब्राह्मणले ल्याउने चलन छ ।