बिहिबार, जेष्ठ ३, २०८१

स्ववियु चुनावका लागि दवाव दिन कार्यदल गठन

काठमाडौ भाद्र १७,  नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा आज बसेको सयुक्त विद्यार्थी सङ्गठनको बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )को निर्वाचन समयमा नै सम्पन्न गर्नका लागि दवाव दिने लक्ष्य अनुरुप संयुक्त विद्यार्थी सङ्गठन सम्मिलीत कार्यदल गठन गरेको छ ।  नेवि सङ्घ,  अनेरास्ववियु, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फोरम नेपाललगायतका १० विद्यार्थी सङ्गठन आवद्ध उक्त कार्यदलले विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको कार्यान्वयन र आगामी कार्यदिशा तय गर्न सम्पूर्ण विद्यार्थी सङ्गठनका प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठक पछि जारी संयुक्त प्रेस विज्ञप्तिमा विद्यार्थी सङ्गठनले मेडिकल अध्ययनरत ४५ प्रतिशत वर्गीकृत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने भन्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न र भूकम्पपीडित प्रभावितहरुको जनजीवनलाई व्यवस्थित बनाउन तत्काल सरकारले पहल गर्नुपर्ने, चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको बजारभाउ तथा गुणस्तर र यातायातका साधनमा बढिरहेको अस्तव्यस्त हटाई सु–व्यवस्था कायम गर्न सरकार र सरोकारवालासँग माग समेत गरेको छ ।