मङ्लबार, जेष्ठ १, २०८१

सरकार, अख्तियार र अदालतवीच त्रिपक्षीय जुहारी

काठमाडौ आश्विन १ , अधिवक्ता ओमप्रकाश अर्यालले २०७० वैशाख २९ गते दायर रिट निवेदनको पुनरवलोकन सुनवाइ गर्दै सर्वोच्चका प्रन्या सुशीला कार्की, न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र सपना मल्लको इजलासले अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल माग गरे लगत्तै अख्तियार दुरुपोग अनुसन्धान आयोगले तत्कालीन माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको c5fc6827547f4414783f714203c0fc62भ्रष्टाचारको छानबिन तीब्र पारेको छ ।  शुक्रबार साँझ पत्रकार सम्मेलन गरी माओवादी सेनाका शिविरको छानबिन प्रक्रियालाइ तीब्र बनाएको आयोग प्रवक्ता गणेशराज कार्कीले उक्त भ्रष्टाचारमा मुछिएका माओवादी केन्द्रका नेताहरुलाई छानविनको लागि भन्दै ३० दिनभित्र बयानका लागि बोलाइएको जनाउ दिनु भएको हो ।
स्मरण रहोस सर्वोच्चका प्रन्या सुशीला कार्की, न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र सपना मल्लको इजलासले अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल माग गरिएको तर सम्बन्धित निकायबाट समयमा माग गरिएको फाइल अदालतमा पठाउने कार्य नगरी फेला परेपछि पठाउने भनी गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि अदालतको आदेशानुसार माग गरिएको कागजात फाइल सम्बन्धित निकायबाट समयमा अदालतमा पठाउने कार्य नगरी फेला परेपछि पठाउने भनी गैरजिम्मेवारपूर्ण जवाफ पठाएको भनी असन्तोष व्यक्त गरेको प्राप्त समाचारमा उल्लेख गर्दै यसबाट सरकार, अख्तियार र अदालतवीच त्रिपक्षीय जुहारी चलेको बताइएको छ ।