मङ्लबार, जेष्ठ १, २०८१

मुलुकको कार्यकारी प्रधानमन्त्रीको पद पनि महिलाले सम्हाल्नेमा सभापति देउवा विश्वस्त

काठमाडौ आश्विन ५ , नेपालीका काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले तेस्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद हस्तान्तरण गर्न आज ser-bdr-1राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राष्ट्रपति, प्रधान न्यायाधीश र सभामुखको पद महिलाले सम्हालिसकेको जनाउ दिदै अवका दिनमा मुलुकको कार्यकारी प्रधानमन्त्रीको पद पनि महिलाले सम्हाल्नेमा कुनै शंका नभएको बताउँनु भएको छ ।

त्यस्तै सभापति देउवाले संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती भएको बताउँदै त्यसका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुनु अपरिहार्य रहेको विचार व्यक्त गर्दै स्थानीय निकायको निर्वाचनमा लोकतन्त्रको रक्षा गर्न र संविधान कार्यान्वयन गर्न काँग्रेसलाइ निर्वाचित गराउन भ्रातृ संस्थालाई निर्देशन समेत दिनुभएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन गर्नुु अपरिहार्य रहेकामा जोड दिँदै उहाँले सबै तहका निर्वाचनलाई केन्द्रीय मुद्दा मानेर अघि बढ्न महिला सङ्घलाई सुझाव दिनुभएको थियो भने पार्टीका कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पार्टीभित्रको आन्तरिक निर्वाचनमा कसैको हारजित नहुने बताउँदै नयाँ निर्वाचित नेतृत्वले सबैलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलाले सहित महिला सङ्घका नवनिर्वाचित अध्यक्ष उमा रेग्मी, निवर्तमान अध्यक्ष डिला सङ्ग्रौला लगायतले महिलाका लागि संविधानत अधिकार प्राप्तिका लागि पहिले संविधानको कार्यान्वयनको वातावरण बनाउँन आवश्यक रहेको बताउँनु भएको थियो ।