मङ्लबार, जेष्ठ १, २०८१

प्रकाशित र प्रशारित समाचारको खण्डन सहित माओवादी केन्द्रले सचिवालयको बैठक बोलायो

काठमाडौ आश्विन ५ , प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले समसामयिक राजनीतिक परिस्थिति र download-2सङ्गठनसम्बन्धी निर्णय लिन भन्दै आश्विन ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  सो पार्टीका प्रवक्ता पम्फा भुसाललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार आजको बैठकमा पार्टीको सङ्गठनात्मक संरचनाबारे छलफल भएको र पार्टीको महाधिवेशन नभएसम्मका लागि पार्टीगत संरचना तयार गर्नेे सवालमा केन्द्रीय सचिवालयको बैठकबाट रणनिती तय गर्नका लागि बैठक बोलाएको जनाईएको छ ।

यसैवीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र सर्वोच्च अदालतका विषयमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको भनी एक सञ्चारमाध्यममा आएको अभिव्यक्ति सत्य नभएको जनाएको छ । केन्द्रका प्रवक्ता भुसालले आयोग प्रमुख आयुक्त कार्की र सर्वोच्चका विषयमा पार्टी अध्यक्ष दाहालले दिएको अभिव्यक्ति भनिएर सञ्चारमाध्यममा छापिएको समाचार भ्रमपूर्ण भएकोे भदै प्रस्तुत समाचारको खण्डन गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031