मङ्लबार, जेष्ठ १, २०८१

आश्विन २० गतेसम्म भूकम्पपीडितलाई पहिलो किस्ताको रु ५० हजार वितरण गरिने

 

काठमाडौ आश्विन १० ,  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले अनुदान सम्झौता भएका भूकम्पपीडितलाई आश्विन २० गतेसम्म पहिलो किस्ताको रु ५० हजार वितरण गर्ने निर्णय गरेको छ । प्राधिकरणका अनुसार आजको बैठकले पीडितलाई यसअघि रु दुई लाख दिने भनिएको अनुदानमा रु एक captureलाख थप गरी रु ३ लाख दिने, पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्ता रु एक लाख दिने तथा उपक्षेत्रीय तहमा रहेका कार्यालयलाई जिल्ला तहमा विकेन्द्रित गर्ने निर्णय भएको जानकारी दिएको छ ।
त्यस्तै बैठकले विश्व सम्पदा सूचीमा सुचिकृत राजधानीको वसन्तपुर लगायतका सम्पदा पुनःनिर्माणका लागि बजेट र डिजाइन बनिसकेकाले प्राविधिक अध्ययन सुरु गरिएको छ । प्राविधिक अध्ययनपछि पुनःनिर्माण अथवा रेक्टोफिटिङ के गर्ने भन्ने सवालमा आवश्यक वित्रसंगको बैठक पछि निर्णय गरिने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031