बिहिबार, बैशाख २०, २०८१

नेवि संघको महाधिवेशन आजदेखि सुरु,उमेदवारका आकांक्षीको सख्या बढ्दो

काठमाडौ श्रावण २३,  नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । २५ श्रावणसम्म चल्ने महाधिवेशनको नेपाली काँग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ 13956896_10204928850619711_470800193_n। नेविसंघमा एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वाचित एक कोषाध्यक्षसहित एक सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउन विधान संशोधनको प्रस्ताव पेश गरिँदैछ ।

१० वर्षपछि हुन लागेको प्रस्तुत महाधिवेशनमा संघका नेताहरु ज्यादै हौसिनुको अलावा अध्यक्ष लगायतका पदमा उमेदवारका आकांक्षीहरु निकै देखिएका छन् । त्यस्तै महाधिवेशनस्थलमा विहानैदेखि सवारी साधन प्रवेशमा रोक लगाइएको छ भने विद्यार्थीबीचको विवाद उत्कर्षमा नपुगोस् भनेर सुरक्षा व्यवस्था पनि उत्तिकै कडा बनाइएको छ ।

यो समाचार तयार पार्दा सम्म प्राप्त जानकारी अनुसार अध्यक्षमा कुन्दन काफ्ले,जितजंग बस्नेत नैनसिंह महर, शुभराम बस्नेत, मनोजमणि आचार्य, दीपक भट्टराई सरोज थापा र आनन्द त्रिपाठी, नीलकण्ठ रिजाललगायतका उम्मेदवारी घोषणा गरेको जानकारी प्राप्त भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031