आइतवार, बैशाख १६, २०८१

काँग्रेस र माओवादी केन्द्रबीच कुनै म्यादी सहमति भएको छैन: प्रधानमन्त्री

काठमाडौ श्रावण २३,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेससँग बीचमै सरक��रको नेतृत्व फेर्ने कुनै सहमति नभएको प्रस्ट पारेका छन् । काँग्रेस र नेकपा माओवादी केन्द्रबीच ९-९ महिना सरकारको नेतृत्व Prachanda1गर्ने म्यादी सहमति भएको हो भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारे नेतृत्व फेर्ने विषयमा कुनै भद्रसहमति नभएको प्रस्ट पारेका हुन् ।

व्यवस्थापिका संसदको बैठकमा समेत प्रधानमन्त्री दाहालले अहिलेसम्मका भद्र सहमति व्यवहार कार्यान्वयन नभएको भन्दै नेपालको राजनीतिक दलहरुले अब त्यो कुरा नगर्दा नै उचित हुने बताएका थिए । प्रधानमन्त्री निर्वाचित भएपछि भएपछि दाहालले पहिलो पटक कांग्रेससँग सरकारको नेतृत्व फेर्ने कुनै सहमति नभएको प्रष्ट पारेका हुन् । सरकारको काम प्रभावकारी हुन नदिनका लागि मात्रै आफू्र नेतृत्वको सरकारको मिति ९ महिना मात्र हुने भनेर प्रचार गरिएको प्रधानमन्त्री दाहालको भनाइ भन्दै आजको राजधानी दैनिकमा खवर प्रकाशित रहेको छ ।

कांग्रेससँग ९ महिनामा सरकारको नेतृत्व फेर्ने गरी कहीँ पनि समझौता भएको छैन, त्यस्तो मिति पनि तोकिएको छैन, यो त सरकारको काम निष्प्रभावी होस् भनेर गरिएको प्रचार मात्रै हो, प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा प्रचण्डको भनाइ थियो । आफू नेतृत्वको सरकार पूर्णकाल रहेन भन्दै मिति तोक्ने विष्यमा कोहीसँग पनि सम्झौता नभएको प्रधानमन्त्रीको भनाइ छ । आफूले गर्नुपर्ने धेरै काम रहेको भन्दै प्रचण्डले समयसीमा तोकर आफू प्रधानमन्त्रीको कुर्सीमा बस्न नआएको प्रस्ट पारे ।