शुक्रबार, बैशाख २१, २०८१

सांसद सिंहद्दारा अभिव्यक्त संसदको मर्यादा विपरीतका शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौ श्रावण ९,  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा भएको अविश्वासको प्रस्ताव उपरको शनिवारको छलफलको क्रममा शनिवारको बैठकमा सांसद अमरेशकुमार सिंहले ससदको मर्यादा विपरीतको भाषा CA_20141009085850-2 (1)बोलेको भन्दै उहाँले बोलेका केही शब्द सदनको रेकर्डबाट हटाउन सभामुख ओनसरी घर्तीले निर्देशन दिनुभएको छ ।

सांसद सिंहले आफ्नो धाराणा राख्नेक्रममा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यसँग लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेका सांसदद्वय कृष्णभक्त पोखरेल र पुरुषोत्तम पौडेलले प्रधानमन्त्रीको व्यक्तित्वप्रति आँच पुग्ने गरि बोलेको कुरालाई पुष्टि गरेर देखाउन चुनौती दिँदै अन्यथा बोलेका कुरा रेकर्डबाट हटाउन माग गरेपछि सभामुख घर्तीले रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।