शनिबार, बैशाख २२, २०८१

श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिकको दफा (ग) प्रति युनियनको असहमति

काठमाडौं आषाढ २९, नेपाल प्रेस युनियनले सरकारले मंगलवार राजपत्रमा प्रकाशित गरेको श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिकको सूचना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
sdfdfsd1 press-realese-on-minimum-wages-2073-3-29युनियनका महासचिव अजय बाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाका नाममा प्रकाशित उक्त सूचनाको दफा (ग) प्रति युनियनको ध्यानाकर्षण भएको जनाउँदै सूचनामा आंशिक समय काम गर्ने, ज्यालादारी, करारमा काम गर्ने श्रमजीवी पत्रकार, कामदाररकर्मचारीको हकमा न्यूनतम पारिश्रमिकको सट्टा कार्य घण्टा र करार बमोजिम सम्वन्धित प्रतिष्ठानले निर्धारण गर्ने सवालमा गरिएको व्यवस्थाप्रति युनियनको असहमति रहेको उल्लेख गरिएको छ ।

त्यस्तै सञ्चार प्रतिष्ठानहरुमा कार्यरत सञ्चारकर्मी र कामदारको न्यूनतम पारिश्रमिक तोकेको सूचना राजपत्रमा प्रकाशित गर्दा नेपाली श्रमजीवीहरु जति खुसी हुनुपर्थ्यो त्यो खुसी नै दफा (ग) को व्यवस्थाले मेटाएको जनाउँदै विज्ञप्तिमा भनिएको नेपालमा अहिलेपनि अधिकांश श्रमजीवीहरु करारमा रहेका, करारमा रहेकाहरुको करार पनि बीचमा टुटाएर मात्र नविकरण हुने गर्दा यसको प्रत्यक्ष मारमा श्रमजीवीहरु परेका दर्जनौ उदाहरण रहेका छन् । यस्तो अवस्थामा उनीहरुको न्यूनतम पारिश्रमिक निर्धारण सम्वन्धित प्रतिष्ठानलाई नै गर्न दिने व्यवस्था गरेर सरकारले श्रमजीवीहरुलाई ठगेको आरो लगाईएको छ । साथै करारमा काम गर्ने श्रमजीवीहरु यस नयाँ व्यवस्थाबाट लाभान्वित हुन नसक्दा उनीहरुका लागि कागलाई वेल पाक्यो हर्ष न विस्मातको अवस्था सिर्जना भएको उल्लेख गर्दै निर्धारित न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने कार्यबाट सरकार उम्किने प्रयासमा रहेको युनियनको बुझाइ रहेको र राजपत्रमा प्रकाशित उक्त सूचनाको दफा (ग) लाई तत्काल सच्याएर श्रमजीवीको पक्षमा निर्णय गर्न नेपाल प्रेस युनियन सरकार तथा सम्वन्धित निकायहरुलाई जोडदार माग गर्दछ भनिएको छ ।