शनिबार, बैशाख २२, २०८१

नियन्त्रण होइन नियमन गर्ने निर्देशिकाको आवश्यकता रहेको विज्ञको सुझाव

  FNJ-logo-300x2461 काठमाडौ आषाढ २९,  सरकारले हालै जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम निर्देशिका–२०७३’ माथि सञ्चार विज्ञ र सम्बन्धित सङ्घसंस्थाले आज आयोजित कार्यक्रमा आआफ्नो धारणा प्रकट गरेका छन । नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको अनलाइन निर्देशिकामाथिको छलफलमा माग लिदै सरकोकारवाला विज्ञहरूले अनलाइन सञ्चारमाध्यम निर्देशिकाका कतिपय प्रावधान संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत भएको भन्दै जारी निर्देशिकाको पुनःलेखन गर्नुपर्ने धारणा प्रकट गर्नु भएको हो ।
  कार्यक्रममा यसरी धारणा राख्नु हुने विज्ञहरुमध्ये मिडियासम्बन्धी उच्चस्तरीय सुझाव समितिका संयोजक काशीराज दाहाल ,प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की ,नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा सुरेश आचार्य,नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी ,अनलाइन पत्रकार सङ्घका अध्यक्ष प्रवेश सुवेदी लगायतले आमसञ्चार माध्यमलाई नियन्त्रण होइन नियमन गर्ने निर्देशिकाको आवश्यकता रहेको बताउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।